ताजा अपडेट »

सानेपामा पौडेल समूहको बैठक

बुधबार, १४ साउन २०७७, १५ : ४७
4 Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि नयाँ विभाग गठन गरिएको तथा पार्टीमा नयाँ प्रवेश गरेकालाई दिइएको पदबारे छलफल नगरिएको लगाएका विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग पौडेल समूह असन्तुष्ट छ ।

पार्टीका विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्थाको व्याख्या गर्दै पौडेल पक्ष उक्त विभाग गठनको निर्णय पनि खारेजी हुनुपर्ने पक्षमा उभिएको छ ।बैठकमा बरिष्ठ नेता पौडेलका साथै महामन्त्री सशांक कोइराला तथा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, किरण यादव, सरिता प्रसाई, चन्द्र भण्डारी लगायत छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।