१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

सांकेतिक तस्विर

रुपन्देही । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले विदेशी कामदार ल्याउँदा अनिवार्यरुपमा प्रशासनको स्वीकृति लिन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । सङ्घले आज प्रेस विज्ञप्ति प्रकाशित गरी भारतलगायत अन्य मुलुकका कामदार ल्याउँदा प्रशासनको स्वीकृति लिन आग्रह गरेको हो ।

विश्वमा फैलिएको कोभिड–१९ का कारण सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन पछि पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकामा सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपाली उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार ल्याउँदा स्थानीय तहमार्फत अनिवार्य क्वारेन्टिनमा राख्ने, आवश्यक भएमा पिसिआर जाँच गराउने र विदेशी नागरिक कामदार भएमा अनिवार्य प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गरिएको हो ।

सङ्घका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा झण्डै चार महिना लामो लकडाउन अन्य भएपछि पनि बुटवल बजार क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सबै सचेत रहन भनिएको छ । त्यसैगरी व्यवसायी तथा उपभोक्ता समेतलाई भीडभाड कम हुने उपाए अपनाउन र डिजिटल भुक्तानी प्रणाली अवलम्बन गर्न आग्रह गर्दै पिसिआर परीक्षणको दायरा बढाउन तथा व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन गराउने कामलाई समेत प्रभावकारी बनाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था