२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौं । जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ । समितिमा संयोजक चरण प्रसाईंद्वारा आज जारी प्रेस विज्ञप्तिमा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी चेपाङ समुदायको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका साथै मृतक राजकुमार चेपाङका परिवार र घाइतेलाई न्याय, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गरी दोषीउपर कानूनबमोजिम सजाय गर्न माग गरिएको छ ।

Advertisement

यही साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट चितवन जिल्ला राप्ती नपा–२ मिलनटोल बस्ने २४ वर्षीय राजकुमार चेपाङ गम्भीर घाइते भई साउन ७ गते उपचारका क्रममा मृत्यु भएको थियो भने पाँच पुरुष घाइते भएका थिए । “चेपाङ समुदायका पाँच पुरुष र दुई महिला निकुञ्ज क्षेत्रभित्र घुँगी टिप्न गएको बखत नेपाली सेनाका अधिकारीले नियन्त्रणमा लिई निर्मम यातना दिएका थिए”, विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायबाट भएका यस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानूनबमोजिम कारवाही हुनुपर्छ ।”

नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने हक, यातना विरुद्धको हक, आवासको हक र सामाजिक न्यायको हकलगायत मौलिक हक अधिकार तथा नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय कानूनका प्रावधान विपरीत कार्यहरू निकुञ्ज सुरक्षाकर्मीबाट भएको हुँदा नियमित फौजदारी न्याय प्रणालीअन्तर्गत घटनाको अनुसन्धान गरी दोषीउपर अभियोजन गर्न सरकारसमक्ष समितिले माग गरेको छ ।

यही साउन ३ गते चितवन जिल्लाको माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रस्थित कुसुम खोलामा २०५३ सालदेखि बसोबास गर्दै आइरहेका चेपाङ समुदायका सुकुम्वासीको घरमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै पूर्वजानकारी र वैकल्पिक व्यवस्थापनबिना दुई घरमा आगजनी गर्नाका साथै आठवटा घरमा हात्ती लगाएर पीडितको बासस्थान भत्काएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ