२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

फाइल तस्वीर

कैलालीमा धानखेतीमा झारनाशक विषादीको प्रयोग बढ्दै गएको छ । अनावश्यकरुपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको किसानको भनाइ छ । टीकापुरको वनगाउँका सुन्दरबहादुर चौधरीले एक बिघा जमिनमा विषादी छर्नुभयो । “धानमा झार उम्रन थालेको थियो । पशु प्राविधिकसँग सल्लाह गरी विषादी छर्किएँ”, उहाँले भन्नुभयो, “ झार उखेल्न कामदार लगाउनुभन्दा विषादी छर्न सहज लाग्यो ।”

Advertisement

कृषि क्षेत्रका प्रविधिको विकाससँगै किसानलाई खेती गर्न सहज पनि भएको छ । किसानलाई आवश्यक मल, बीउ, विषादी र खेतीका लागि आवश्यक प्राविधिक ज्ञान सहज पाएमा कृषिमा किसानको जाँगर थपिने किसान रामलाल डगौरा बताउनुहुन्छ । ‘‘खेत जोत्ने मेशिन छन्, धान काट्ने, दाउने पनि मेशिन आएका छन्’’, उहाँले भन्नुभयो, ‘‘अब खेती गर्न सजिलो छ । खेती गर्दा आवश्यक विषादी पनि सहजै पाइन्छ । कृषि कार्यालय पनिसहयोगी छन् ।’’ जानकी गाउँपालिका कृषि शाखाका प्रमुख लालबिर चौधरीले किसानले धान खेतीमा उम्रिएको झार काट्नुभन्दा बिषादी प्रयोग सहज मान्न थालेको जानकारी दिनुभयो ।

‘‘विगतका वर्ष धानमा उम्रने झार काट्ने वा उखेल्ने चलन थियो, झार तथा घाँस बढी भए धान उत्पादनमा असर पार्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘अहिलेका किसान उम्रन थाल्नेबित्तिकै विषादी छर्छन् । अनि घाँसको पनि अभाव हुन्छ ।’’ झारनाशक विषादीको प्रयोगले धान उत्पादनमा वृद्धि हुने किसान बताउँछन् । धान उत्पादनमात्र नभई धानमा उम्रिएको झार हटाउन आवश्यक जनशक्ति पनि चाहिँदैन । झार निकाल्नुपर्ने समस्या नै टर्ने भएकाले झारनाशक विषादीको प्रयोग बढेको क्षेत्रीय बीउविजन प्रयोगशाला कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताउनुभयो ।
झारनासक विषादी धान रोपेको ५ दिनदेखि ३० दिनको अवधिमा झारका किसिम हेरीसोहीअनुसार विषादीको प्रयोग किसानले गर्दछन् ।

झारनाशक विषादीको प्रयोगले उत्पादन बृद्धिसँगै माटोको उर्भराशक्तिमा समेत प्रभाव नपार्ने भएकोले समयमै झारको पहिचान गरी झारनाशक विषादीको प्रयोग गर्न सिफारिस विषादीको प्रयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । ‘‘धान खेतीअनुसार विषादीको प्रयोग गर्ने समय हुन्छ । झार पनि चिन्नुपर्ने हुन्छ’’, बाली विकास अधिकृत उपाध्याय भन्नुहुन्छ, ‘‘त्यसैले प्राविधिकको सल्लाह लिएर मात्र विषादीको प्रयोग गर्न राम्रो हुन्छ ।’’झारनाशक विषादीको प्रयोग एक बालीको लागि मात्र प्रभावकारी रुपमा रहने भएकाले अर्को बालीलाई नोक्सान गर्दैन ।

यसको प्रयोगले धान खेतीमा ३ महिनासम्म प्रभाव रहने कृषि प्राविधिकको भनाइ छ । विषादीको प्रयोगले उत्पादनमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने पराल पशु चौपायाको लागि स्वस्थकर नहुने भएकाले किसानले यसमा ध्यान दिन आवश्यक रहेको जनाइउको छ । उहाँले भन्नुभयो ‘‘सकेसम्म झार मानिसले उखेलेर फालेको राम्रो हो । ’’ विषादी छरेको धानको पराल पशुका लागि स्वस्थकर मानिदैन ।

प्रतिकृया दिनुहोस्

Flash News

नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ