१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

सैनामैना । सहरोन्मूख नगरको रुपमा रहेको सहर हो ,सैनामैना । तर यहाँ राम्रो योग्यता र सीप नभएको जनशक्ति बढि छ । उनीहरुलाई कतब्र्यनिष्ठ बनाउन जरुरी छ । तर ब्यक्तिहरु उद्यमी बन्न सकिरहेका छैनन् । यस्ता व्यक्तिहरुलाई उद्यमी र रोजगारमूलक बनाउन नगरपालिका प्रतिबद्ध रहेको छ । उक्त कुरा सैनामैना नगरपालिकास्तरीय उद्यमशीलता विकास तालिम उद्घाटन कार्यक्रमकोे अवसरमा नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । सोही अवसरमा बोल्दै त्यस्ता उद्यमीहरुलाई नगरपालिकाको साथ र सहयोग प्रदान गर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिना रानाले सहभागीहरुले छनौट प्रकृया र उद्यमी तयार गर्ने योजना अनुसार यो कार्यक्रम आएको हो । समृद्ध सैनामैनाको लक्ष्य पूूरा गर्नका लागि युनेस्कोको सहयोगमा आएको यो कार्यक्रम सफल बनाउन नगरपालिका प्रतिबद्ध छ । सहभागीहरुलाई सफल उद्यमी बन्नकालागि शुभकामना दिइन् ।

उक्त अवसरमा कार्यक्रमको उद्देश्य र स्वागत कन्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट (केपिन)का मिन रानाले बताएका थिए भने कार्यक्रमको सन्चालन जीवन भुषालले गरेका थिए । युनेस्कोको आर्थिक सहयोग तथा कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट (केपिन) र सैनामैना नगरपालिकाको आयोजनामा हुने उक्त ४ दिने तालिम कार्यक्रममा मिन राना र जीवन भुषालले सहजीकरण गर्नेछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो