२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । बुटवल उपमहानगरपालिका अन्तरगत सञ्चालनमा रहेका ब्यवसायीक सडटरका ब्यवसायीहरुले लकडाउन अवधिभरको भाडा छुट गर्न माग गरेका छन् । उपमहानगरले विश्वव्यापी कोरोना महामारीसँगै लकडाउन अवधिमा १ महिनाको भाडा मात्रै छुट गरेर व्यवसायीहरुलाई टार्ने काम गरेको उनिहरुको आरोप छ । निजि क्षेत्रहरुबाट समेत सतप्रतिशत घरबहाल मिनाहा तथा भारी छुट प्रदान भैरहेको समयमा बुटवल उपमहानगर न्यूनतम छुट दिएर उम्किने प्रयास भएको उनिहरुले बताए ।

Advertisement

बुटवल-५ स्थित हाटबजार र अमरपथमा रहेको उपमहानगरको ब्यबसायिक भवनमा सञ्चालनमा रहेका ४० जना ब्यापारीहरुले पत्रकार सम्मेलन गरि लकडाउनका कारण ब्यवसाय धरासायी भएको गुनासो गर्दै घरभाडा मिनाहाको माग राखेका हुन् । उपमहानगरले लकडाउन अवधिको भाडा छुट गर्नुको साटो यथासिघ्र भाडा बुझाउन भन्दै ताकेता गरेको उनिहरुले बताए । लकडाउन अवधीको भाडा शतप्रतिशत मिनाहा गर्ने, लकडाउनका कारण धरासायी भएको ब्यबसायलाई उकास्न भाडा समायोजन गर्ने र सम्झौता अवधी कम्तिमा ३ बर्ष थप गर्ने माग गर्दै नगरपालीकामा निवेदन बुझाएको भएपनि सोको पुरै बेवास्ता गर्दै ब्यबसायीहरुसँग छलफल नै नगरि आफुखुशी निर्णय गरिएको भन्दै ब्यबसायीहरुले आपत्ती प्रकट गरे ।

असार मसान्तमा सम्झौता अवधी सकिएका करिब ४० व्यवसायीले नगर सरकारको मातहतमा रहेपनि लकडाउन अवधिमा १ महिनाको मात्रै भाडा छुट गर्नु र १ बर्ष मात्र सम्झौता थप्नु अभिभावकिय काम नभएको भन्दै लकडाउनको अवधिमा पसल बन्द भई समस्यामा परेका व्यवसायीलाई राहात दिन समेत उनिहरुले माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी भरत श्रेष्ठले उपमहानगरपालिकासँग सम्झौता गर्दा बहाल भाडा सस्तो भएपनि अहिले ब्यवसायि धरासायि बन्न बाध्य भएकोले भाडा समायोजन गर्नुपर्ने आवश्यक्ता रहेको बताए । नगरपालिकाले व्यवसाय सञ्चालन गर्नको लागि स्वीकृति दिएको १०–१५ दिनबाट नै बहाल उठाउन ताकेता गरिएकोले ब्यबसायीहरुमा झन तनाव उत्पन्न भएको उनले बताए । उनले भने-‘व्यक्तिगत निजि घर वा भवनमा बसेकोले पनि ३ महिनाको बहाल छुट गरेका छन्, नगरपालिकाले भने उल्टो बहाल तिर्न ताकेता गर्यो, जस्ले हामीलाई निकै समस्या परेको छ ।

अर्का व्यवसायी गँगाराम भुसालले आफुहरुका माग सम्बोधन गर्ने भनेर उपमहानगरपालिकाले बिगतमा आश्वासन दिएपनि कार्यान्वयनमा भने प्रभावकारी नभएको बताए । उनले अहिले थप १ वर्षको लागि सम्झौता गर्नको लागि बोलाईएपनि आफुहरुसँग बहाल तिर्ने र सम्झौतावापत दिनुपर्ने रकम नभएकोले जान नसकेको बताए । यस्तै अन्य व्यवसायीहरु पद्मनारायण मानन्धर, बिष्णुप्रसाद श्रेष्ठ, सञ्जय बज्राचार्य, मिना मानन्धर लगायतले बुटवल नगरपालिकासंगको समन्वयमा व्यवसायीलाई केही राहत उलब्ध गराउन भएपनि आफुहरुका माग सम्बोधन हुनुपर्ने तर्क गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ