May 31, 2023
बुटवल । शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक आज आईतबार पनि नखुल्ने भएको छ । शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको सडक हिजादेखि खुलाउने प्रयास जारी रहे पनि पैदल यात्रासमेत गर्न नमिल्ने गर्ने अवरुद्ध छ ।
यसैगरी सोहीसडक खण्डको दोभान सिद्धबाबा नजिकै नाग ढुङ्गा भन्ने स्थानमा पहिरो खस्दा सडक थप अवरुद्ध भएको छ । गएराती सडकमा खसेका ठूला ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध भएपछि त्यहाँका केही ढुङ्गा हटाएर दुई पाङ्ग्रे सवारीका साधान मात्रै चल्न सक्ने अवस्थामा रहेको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए । पहिरो हटाउन सडक डिभिजन कार्यालय बुटवलबाट डोजर गएका छन् ।
यस्तै गौडे पुलमा गएको पहिरो हटाउन आज दिनभर नै लाग्ने भएको छ । अवरुद्ध सडक खुलानका लागि पाल्पातर्फबाट एक लोडर तथा बुटवतर्फबाट एक लोडर र एस्काभेटर प्रयोग भएपनि माटो झर्ने क्रम नरोकिँदा सडक खुल्न समय लाग्ने भएको हो ।
शुक्रबार खसेको पहिरोले लु १ क ११७५ नम्बरको ट्रक परेको थियो । पहिरोले ट्रक पुुुरिए पनि कुनै मानविय क्षति भने भएन । पहिरो हटाउने कार्य जारी रहेको र पहिरो निरन्तर झरिरहेकोले गर्दा अवस्था जोखिमपुर्ण रहेको छ ।
प्रतिकृया दिनुहोस्