ताजा अपडेट »

सौतेनी आमाको कुटपिटबाट ५ वर्षीय छोराको मृत्यु

शनिबार, ०३ साउन २०७७, १९ : ३७
8 Shares

रौतहट । जिल्लाको देवाही गोनाही नगरपालिका–४ दोहरमा सौतेनी आमाको कुटपिटबाट एक बालकको मृत्यु भएको छ । आफ्नो छोरालाई पिटेको निहुँमा सौतेनी आमा २० वर्षीया फुली देवी सहनीको कुटपिटबाट ५ वर्षीय कृष्ण सहनीको मृत्यु भएको हो ।

फुली देवीको कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । हाल फुली देवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।