ताजा अपडेट »

नविल बैंकले ७.९९ प्रतिशत ब्याजमा ऋण दिने

शुक्रबार, ०२ साउन २०७७, १२ : ४४
12 Shares

काठमाडौं । नबिल बैंकले घर बनाउनका लागि सस्तो ब्याजमा ऋण दिने भएको छ । बैंकले आफ्ना ३६ औं वार्षिकोत्सवको अवसरमा घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जा लगायतमा विशेष अफर ल्याएको हो ।

जस अन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।

सीमित समयका लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको सबै शाखाहरुबाट अगाडि बढाउन सकिने जानकारी दिएको छ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकको विश्वास छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।