May 28, 2023
बुुटवल । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी यूूनियन(प्याब्स्यु) प्रदेश नं. ५ ले वर्तमान समयमा कोरोनाका कारण निजी तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई परेको मर्का र प्याब्सन केन्द्रले शिक्षक कर्मचारीलाई बेतलबी विदा दिने गरेको निर्णयप्रति असहमति जनाउँदै विहिवार प्रेस विज्ञप्ती जारी गरेको छ ।
प्याब्स्यूूले भनेको छप्याब्सन केन्द्रले निजी शिक्षक तथा कर्मचारीहरुले खाइपाइ आएको तलब भत्ता रोक्ने र शिक्षक कर्मचारीलाई बेतलबी विदा दिने गरेको निर्णयप्रति हाम्रो यूूनियनको घोर आपत्ति छ । यस्तो विषम समयमा शिक्षकहरुको दयनीय अवस्थालाई ख्याल गरी थप आर्थिक सहयोग गर्नुपर्ने बेला झन् गैह्जिम्मेवारी तरिकाले निर्णय गरिनु आफ्नो यूूनियनका लागि किमार्थ मान्य हुने छैन । नेपाल सरकारले समेत निजी तथा संस्थागत विद्यालयहरुका सन्दर्भमा खासै चासो नदेखाएको कारण सञ्चालकहरुलाई भन्दा पनि त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरु थप मर्कामा परेको बताउँदै शिक्षक तथा कर्मचारीहरुले पाउनु पर्ने सबै सेवासुविधाहरु अविलम्ब प्रदान गर्न सरोकारवाला विद्यालय प्रशासनसँग माग गरेको छ ।
शिक्षक कर्मचारीहरु बौद्धिक श्रमिकहरु भएको कारण उनीहरुलाई कुनै हालतमा समेत शोषण गर्न नहुने बताउँदै प्याब्सन,एन प्याब्सन,शिक्षक कर्मचारी संघसंगठन,राजनीतिक दल तथा स्थानीय,प्रदेश तथा संघीय सरकारसँग प्याब्स्यूू प्रदेश ५ का अध्यक्ष लेखनाथ पौडेल र इन्चार्ज हरिप्रसाद पौडेलले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै हार्दिक अपील समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्