२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

भैरहवा । इनरह्वील क्लब अफ लुम्बिनीको चौथो पदस्थापन समारोह भैरहवामा सम्पन्न भएको छ ।समारोहमा वर्ष २०२०/२१ को जिम्मेवारी पाएको नयाँ कार्यसमितिलाई पदस्थापन गरिएको कार्यक्रम संयोजक नारायणी नेपालले बताइन् ।

क्लबको वर्ष २०२०/२१ को अध्यक्षमा रचना क्षेत्री, उपाध्यक्षमा मीना नेपाल पन्थी, सचिवमा रुविता पुलामी, कोषाध्यक्षमा सविता तुलाधर, आइएसओमा सिर्जना कार्की, सह–सचिवमा कनन जैसवाल र एडिटरमा नारायणी नेपाल रहेका छन् । त्यस्तै सदस्यहरुमा विना भण्डारी, विनिता नेपाल र मनु पाण्डे रहेका छन् । वर्ष २०२०/२१ को अध्यक्षको जिम्मेवारी सम्हालेकी क्षेत्री विभिन्न संघ–संस्थाहरुमा समेत अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् । क्षेत्रीले लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी र जेसीआई सिद्धार्थ लेडी नेपालको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् । उनी भैरहवास्थित हेभेन्ली गार्डेन किड्स क्याम्पसको प्रिन्सिपल समेत हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक ३५० को आइपीपी समिरा ध्वजुले इनरह्वील क्लब अफ लुम्बिनीले सामाजिक कार्यहरुलाई तीव्रताका साथ अगाडी बढाउनुपर्ने बताइन् । त्यस्तै डिष्ट्रिक ३५० की सम्पादक आशा श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष ज्ञानु पौड्याल, वर्ष २०१९/२० का अध्यक्ष सीता भट्टराई लगायतले बोल्दै वर्ष २०२०/२१ को कार्यसमितिले रचनात्मक कार्य गरेर क्लबको गरिमा बढाउने विश्वास व्यक्त गरे । क्लबका वर्ष २०१९/२० का सचिव मीना नेपाल पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ