१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

तस्वीर : नगरप्रमुख वासुदेव घिमिरेको फेसबुकबाट

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको तिलोत्तमा नगर भित्रका सडक सफा र हरियाली मात्र होइन झिलिमिलि पनि हुन थालेको छ । नगर भित्रको ६ लेन सडकमा व्यवस्थित बिजुली बत्तीको व्यवस्था भएपछि रातको समयका थप मनमोहक दृश्यसहित यात्रुहरुको मनै लोभ्याउन सडकका रुपमा परिणत भएको छ । सडक बिचमा रहेको डिभाइडरमा हरियाली भरेर चिटिक्क परेका छन् । सडकको दुबै छेउमा रूख रोपेर हरियाली र मनमोहक बनाईएको छ ।

Advertisement

सौर्य ऊर्जा (सोलार) प्रभावकारी नभएपछि तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल देखि कोटिहवासम्मको सडकखण्डमा बत्ती जडान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । दुई वर्षअघि १० वर्षका लागि सम्झौता गरेर दुई करोड रुपैयाँ लगानी गरेर जडान गरिएका सोलार बत्ती बल्न छाडेपछि नगरपालिकाले सडक बत्ती जडानको काम अगाडि बढाएको उनले बताए । ‘नगरलाई उज्यालो बनाउन हामिले सोलार बत्ती जडान गर्यौ, त्यो त्यती प्रभावकारी भएन’, नगरप्रमुख घिमिरेले ग्लोबल आवाजसँग भने, ‘उज्यालो तिलोत्तमा अभियान अन्तर्गत विद्युतीय सडक बत्ती जडान गरि नगरलाई उज्यालो बनाउने अभियानमा लागिपरेका छौं ।’

नगरप्रमुख घिमिरले रातिमा यात्रा गर्दा यस सडक खण्डमा धेरै दुर्घटना निम्तिएको बताउँदै सडक बत्तीले दुर्घटना न्यून हुने विश्वास लिएको बताए । उनले हिँडडुल गर्नलाई असुरक्षित हुने गरेकाले नगरवासी र पर्यटकलाई ध्यान दिई सडक बत्ती जडान गरी सञ्चालनमा ल्याएको जिकिर गरे । सडक बत्तीका कारण अब रातीको समयमा झलमल्ल उज्यालोमा हिँडडुल गर्न सकिने छ । पहिलो चरणमा ड्राइभरटोलदेखि कोटिहवासम्म बत्ती जडान गरिएको र दोस्रो चरणमा योेगीकुटीदेखि ड्राइभर टोलसम्म र कोटिहवा दक्षिणको बाँकी भागमा पनि विद्युतीय सडक बत्तीको जडान हुने घिमिरेले जानकारी दिए ।

बुटवल–बेलहिया सडक आयोजनाका अनुसार तिलोत्तमा नगरभित्र १४ किलोमिटर दूरीमा बत्ती जडान गरिएको छ । सडकको बीचमा रहेका डिभाइडरमा ३०-३० मिटरको फरकमा पोल गाडिएका पोलका दायाँ–बायाँ १ सय ५० वाटका दुई बल्ब जडान गरिएका छन् । सर्भिस लेनमा ४० वाटका बल्ब राखिएका छन् । काठमाडौंको नरेन्द्र पीएसएस जेभीले ठेक्का लिएको छ ।

डिभाइडरमा बल्ने बत्तीको महसुल नगरपालिकाले र सर्भिस लेनमा बल्ने बत्तीको महसुल सम्बन्धित टोल विकास संस्थाले बेहोर्ने नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । २ वर्षसम्म सडक बत्तीको मर्मत–सम्भारको जिम्मेवारी ठेकेदार कम्पनीले लिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो