१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

फाइल तस्वीर

दाङ । घोराही तुलसीपुर सडक खण्डमा पर्ने धेरै खोलाहरुमा पुल निर्माण भएपछि दाङबासीलाई अब बर्षायाममा विगतका बर्ष जस्तो सास्ती भोग्न पर्दैन् जस्तो लागेको थियो । तर, लामो समयदेखि सोही सडकखण्ड अन्तर्गत पत्रेखोलामा निर्माण हुन लागेका पुल अलपत्र हुँदा आम नागरिकले उस्तै सास्ती भोग्नु परेको छ ।

Advertisement

तुलसीपुरदेखि घोराही हुँदै लमहीसम्म जानको लागि करिब दर्जन खोलाहरु पर्दछन् । ती मध्ये पत्रेखोला, हापुर र सेवार खोलामा पुल नहुँदा बर्षायाममा यात्रा गर्दा धेरै जोखिम हुने गर्दैछ । त्यसैगरी गत शुक्रबार राती तुलसीपुर १८ का अजय घर्ती पत्रेखोला तर्न खोज्दा खोलाले बगाएपछि खोलामा रहेको पिलरमा चढेर ज्यान जोगाए । उनलाई राती ११ बजे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले राती क्रेनको सहायताले उद्धार गरिएको थियो । घर्ती त एउटा प्रतिनिधि पात्र मात्र हुन । ती खोलाहरुमा आएको बाढिले घन्टौसम्म यात्रा बन्दसमेत हुने गर्दछ । भने ठूलाभन्दा साना सवारी प्रत्यक्ष मारमा परेका छन् । तुलसीपुरका शिव वलीले आफु लमहीबाट तुलसीपुर आउँदा ३ वटा खोलामा बाढि आएका कारण दुख पाएको बताए । उनले बर्षायाम खोलामा बाढि आउँदा यात्रुहरुले धेरै दुख पाउने भन्दै तत्काल यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी तुलसीपुरका अटोसिक्सा चालक पूर्ण केसीले खोलामा पत्रे खोलामा समय मै पुल निर्माण नहुँदा र अन्य २ खोलामा पुल नहुँदा धेरै सास्ती भोग्नु परेको उनले बताए । उनले लामो समयदेखि पत्रे खोलामा अलपत्र परेको निर्माणमा ठेक्दार पक्षको लापरबाही भएको भन्दै राज्यले ध्यान दिनुपर्ने बताए । खोलामा पुल नहुँदा आफुहरुले जोमिख मोलेर चलाउने गरेको बताए । उनले खोलामा बाढि आए घन्टौसम्म अलपत्र हुनुपर्ने अवस्था हुने गरेको बताए । तुलसीपुर घोराही र लमही सडक खण्ड अन्र्तगत पर्ने खोलाहरु मध्य सबैभन्दा खतरा पत्रेखोला भएको स्थानीय ब्यवसायी विरेन्द्र खड्काले बताए । उनले धेरै खोलाहरुमा पुल निर्माण भएको भएता पनि आम नागरिकहरुले भने विगतका बर्ष जस्तै सास्ती भोग्नु परेको भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

उनले प्रदेश सरकारले घोराही तुलसीपुरमा विद्युतिय बस चलाउने कुरा गरेको भएता पनि पहिलो यी खोलाहरुमा पुल निर्माण गर्नेमा ध्यान दिनुपर्ने बताए । यता सडक डिभिजन कार्यालय दाङले पत्रेखोलामा निर्माण हुन लागेको पुल निर्माण हुन लागेको जनाएको छ । उनले उक्त पुल निर्माण कम्पनी शंकर माली कन्ट्रक्सनले २०७७ साल पुस २२ गतेसम्म समय तोकिएको कार्यालयका प्रमुख निरज शाक्यले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था