२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । सोमबार साँझदेखि पहिरोले अवरुद्ध सिद्धार्थ राजर्माग अन्तर्गत बुटवल-पाल्पा खडकखण्ड करिब ४४ घण्टापछि सुचारु भएको छ । तिनाउ-३, दोभान प्रहरी चेकपोष्ट देखि करिब सय मिटर बुटवलतर्फ सुख्खा पहिरोले सडक पुरिएर अवरुद्ध भएको थियो । बाटो सञ्चालमा आएसँगै पाल्पातर्फ रोकिएका ३ सय बढी सवारी साधन तथा बुटवलतर्फका सवारी साधनहरु गन्तव्यमा लागेका छन् ।

Advertisement

सुख्खा पहिरोसँगै करिव ३० मिटर लामो २० मिटर चौडा तथा १० मिटर लामो ५ मिटर चौडा दुई ठूला चट्यानले बाटो पुरिएपछि अवरुद्ध सडक खुलाउन लामो समय लागेको हो । ग्लोबल आवाजसँगको कुराकानीमा वर्षासँगै पहिरो माथीबाट ढुङ्गा तथा माटो झर्ने क्रम नरोकिँदा रातको समयमा पहिरो सफाइ गर्न नसक्दा सडक सुचारु गर्न ढिलाई भएको ट्राफक प्रहरी कार्याले बुटवलले बतायो । डिभिजन सडक कार्यालय बुटवलको दुई वटा एक्स्काभेटर तथा एक जेसिबी र पाल्पा सडक डिभिजन कार्यालयको डोजरले बाटो सफाई गरेपछि सडक पुर्ण रुपमा सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलले जनाएको छ ।

सोमबार साँझ करिब ५ बजे झरेको सुख्खा पहिरोले करिब ५० मिटर सडक पुरेको थियो । सोमबार साझ सडक डिजिन कार्यालय पाल्पाको डोजरले बाटो खुलाउने प्रयास गरेपनि असम्भव भएपछि भोलिपल्ट सडक डिभिजन कार्यालय बुटवलबाट गएको थप एक जेसीबी र एक्स्काभेटरले दिनभरको प्रयासपछि पनि सडक खुलाउन सकेका थिएनन् । पहिरोसँगै झरेका ठूला चट्यान हटाउन एक मात्र एक्स्काभेटरले सम्भव नहुँने तथा अन्य उपकरणको समेत कमी भएपछि बुधबार उपकरण थप गरिएको थियो ।

बुधबार विहान करिव १० बजे नै सडक एकतर्फी खुले पनि पूर्ण रुपमा पहिरो सफा गरेर मात्रै मध्यान्नपछि सडक सुचारु गरिएको हो । मध्यान्न १२ बजे नै पहिरो सफा गरी सुचारु हुनै लागेको सडक माथीबाट झरेको गग्ग्रेटोले पुन बाटो अवरुद्ध हुँदा थप एक घण्टा लागेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड केवलकार चढेर पुगे पाल्पाको बसन्तपुर डाँडा घट्यो सुनको मूल्य नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक