२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

फाईल फोटो

तुलसीपुर । दाङमा पहिलो पटक बाली विनाशक वन्यजन्तु र सलह किरा धपाउने यन्त्र भित्र्याइएको छ । भौतिक क्षति बिनानै सहज रुपमा बालीनाली नोक्सान गर्ने वन्यजन्तु र सलह किरा धपाउन प्रभावकारी मानिएको सो यन्त्र दाङ, घोराही १४ का स्थानीय युवा नरेन्द्र पुनको सक्रियतामा जिल्लामा भित्र्याइएको हो ।

Advertisement

वालिङ नगरपालिका, स्याङ्ग्जाका भविश्वर कोइरालाले महाबीर पुनको सहयोगमा निर्माण गरेका सो यन्त्र परिक्षणका लागि पठाईदिएकोमा आज सोमबार परिक्षण पनि गरिएको छ । बाँदर, बँदेल धपाउन प्रभावकारी मानिएको र पछिल्लो समय दाङमा सलह किराले मकै तथा तरकारी बालीमा क्षति कम गर्न सो यन्त्रको सहयोगमा बाली जोगाउन सकिने भन्दै जिल्लामा ल्याइएको पुनको भनाइ छ । हिजो आईतबार दिउँसो एकै पटक ठूलो झुण्डमा आएको सलहले दाङको राप्ती गाउँपालिका वडा नम्बर २, ३, ४ तथा गढवा गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर वडामा क्षेत्रमा लगाईएको मकै तथा अरु बालीमा क्षति पुर्याएको सूचना पाएपछि आज सोमबार बिहानै सो क्षेत्रमा पुगेको टोलीले सलह त्यहाँबाट उडेर गई सकेकाले सो यन्त्रको प्रयोग गर्न पाएन ।

तर, सो यन्त्र यसअघि अरु ठाउँमा प्रयोगमा ल्याई सकिएको र प्रभावकारी भएको मानिएको छ । जिल्लामा भित्र्याईएको यो यन्त्रको प्रयोगबाट बालीनाली जोगाउन सहयोग पुग्ने हुँदा सलहको झुण्ड आएमा वा बाँदर, बँदेलले अन्नबालीमा क्षति पुर्याएमा जो कोहीले जानकारी गराए सहयोग गरिने युवा समाजसेवी पुनले बताएका छन् । जिल्लामा ल्याईएको सो यन्त्रले सलहलगायत अरु वन्य जन्तुलाई बालीनाली क्षति हुनबाट जोगाउन प्रभावकारी भएमा त्यस्ता अरु यन्त्र निर्माण गरी सहयोग गर्न आविष्कारक महाबीर पुन ईच्छुक रहेको समाजसेवी पुनले बताए ।

सामान्य प्लाष्टिक तथा पोलिमर पाइपको प्रयोग गरी बनाइएको उक्त यन्त्र कम खर्चमा निर्माण गर्न सकिने हुँदा प्रभावकारी बनेको बताइएको छ । सो यन्त्र पडकाउँदा भने विशेष सावधानी अपनाउनु पर्ने अर्का सुमन अधिकारीले बताए । बाँदर धपाउने नाम दिइएको सो यन्त्रमा केही रसायन राखेर पड्काइने हुँदा सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका