२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताउनुभयो । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ ।

वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको उहाँले जानकारी दिनुभयो । कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ । कारागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार (मूलकैदी) रमेशकुमार सिंहले बताउनुभयो । कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५ रहेका छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्या परेको छ । पानीमै उभिएर ड्युटि गर्नुपरेको छ । समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाई नभएकोे जेलर महासेठले बताउनुभयो । कारागारमा आज एकै दिन १५४ बन्दीमा ज्वरो तथा चारजनामा झाडापखालाको समस्या देखिएको जेलर महासेठले जानकारी दिनुभयो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका