१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

तनहुँ । ऋषिङ-८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो। नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ। एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्।

Advertisement

आनबहादुरका साहिला छोरा भेषबहादुर, बुहारी नानीमाया, अर्की बुहारी मनिसरालाई पहिरोले खोसेको छ। मनिसरा तीन महिनाकी गर्भवती थिइन्। भेषबहादुरकी छोरी अमिषासँगै आनबहादुरका अर्का छोरा महादेवको पनि ज्यान गएको छ। अघिल्लो दिनदेखि पानी अविच्छिन्न परिरहेको थियो। दुई परिवार सँगै भए पनि आनबहादुरका छोराबुहारी छेउको घरमा बस्थे। खाना सँगै खाने उनीहरू आइतबार राति अबेरसम्म एकसाथ थिए। ‘पानी परेको पर्‍यै छ, कति खेर के हुने हो ? ’, भेषबहादुरको बोली सम्झिँदै काका हरिकुमारले भने, ‘आज बरु सँगै बसौं।’

केही समयअघि घरनजिकै ढिस्को खसेकाले घनघोर वर्षा हुँदा भेषबहादुरलाई चिन्ता परेको रहेछ। ‘आज सँगै बस्नुपर्छ के हो’, भेषबहादुरले यसो भने पनि परिवारले गम्भीरतापूर्वक लिएन। ‘ऊ सधैं ठट्टा गथ्र्यो’, हरिकुमारले भने, ‘हामी दाजुभाइ एउटै घरमा बस्ने भएकाले सँगै भए पनि उनीहरू खाना खाएपछि गए।’ सुत्न जानुअघि भेषबहादुरले कोरोनासँग लड्ने भन्दै प्रतिरोध क्षमता बढाउने औषधि बाँडेका थिए। ‘बेलुका सबैले सँगै खाइयो’, भेषबहादुरको भनाइ उद्धृत गर्दै हरिकुमारले भने, ‘भोलि बाँचियो भने सबैले सँगै खाउँला।’ भेषबहादुरले सधैंझैं ठट्टा गरेका होलान् भन्ने लाग्यो अरूलाई। तर, यसो भनेर गएको केही घण्टामै सधैंका लागि विलीन भए।

हरिकुमार र आनबहादुर बसेको घरमा पनि पहिरो खस्यो। तर, सँगै भएकाले उनीहरूले हत्तपत्त ज्योतिमायालाई उद्धार गर्न भ्याए। ‘भाउजूलाई त सँगै भएकाले जोगाउन सक्यौं’, हरिकुमारले ग्लानि भावमा भने, ‘उसले (भेषबहादुर) भनेझैं सँगै बसेको भए सबै बाँचिन्थ्यो कि।’ मध्यरातमा भएको घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै स्थानीय उद्धारमा खटिएका थिए।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मानिसले मात्र नसकेकाले जेसीबी ल्याएर बेपत्ताको खोजी थालिएको बताएका थिए। गाउँपालिकाले पीडित परिवारलाई तत्काल १ लाख रुपैयाँ सहयोग गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था