१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल। कप्तान लियोननेल मेस्सीको निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोना रियल सोसिडाडलाई पराजित गर्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिन सफल भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १-० ले पराजित गर्दै रियल म्याड्रिडलाई पछि पार्दै ला लिगामा शीर्षस्थानमा उक्लन सफल भएको हो । जितसँगै बार्सिलोनाले कम्तीमा पनि एक दिनलाई शीर्षस्थानमा २ अंकले पूनरागमन गरेको हो ।

Advertisement

बार्सिलोनाको २७ खेलबाट ५८ अंक रहेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । रियलले आज राति रियल बेटिससँग खेल्दैछ । यो खेलमा रियलले सफलता हात पारे रियल पुनः शीर्षस्थानमा उक्लने छ । पराजित या बराबरीको अवस्थामा बार्सिलोना नै शीर्षस्थानमा रहनेछ ।घरेलु मैदान नोउक्याम्पमा पाहुना टोलीलाई दवावमा राखेपनि बार्सिलोनाले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेल सकिन ९ मिनेट बाँकी रहँदा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

खेलको १४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई रियल सोसिडाडका गोलरक्षक एलेक्स रोमिरोले विफल पारेका थिए । २८औं मिनेटमा मिकेल मेरिनोले मौका खेर फाल्दा सोसिडाड अग्रता लिनबाट चुकेको थियो । त्यसपछि बार्सिलोनाले लगातार दुई आक्रमण बुनेपनि गोल गर्न सकेन । ३०औं मिनेटमा मेस्सीको प्रहारलाई रोमिरोले बचाए। ३२औं मिनेटमा इभान राकिटिकको कर्नरमा मार्टिन ब्रेथवेटको प्रहार बारमा लाग्दै बाहिरियो ।

५८औ मिनेटमा सोसिडाडका एन्डर बारेनेटको प्रहार बारमा लागेर बाहिरिदा सोसिडाडले खेलमा अग्रता लिने अवसर गुमायो । त्यसपछि मेस्सीले बार्सिलोनाले लगातार तीन मौका पाएपनि सदुपयोग गर्न सकेन । ६४औं मिनेटमा मेस्सीको प्रहारलाई रोमिरोले बचाए । ६६औं मिनेटमा मेस्सीको क्रसमा जेराड पिकेको हेडर तथा ६७औं मिनेटमा मेस्सी र राकिटिकले समन्वय गर्दै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । ७४औं मिनेटमा मिकेल ओयरजवालले अवसर खेर फाले ७५औं मिनेटमा मार्टिन ओडेगार्डको पासमा एलेक्ससान्डर इसाकको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले मुस्किलले बचाउदा पाहुना टोली अग्रता लिनबाट चुक्यो ।

लगतार अवसर बनाएपनि चुकिरहेको बार्सिलोनाले ८१औं मिनेटमा पेनाल्टीमा गाल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए । ७९औं मिनेटमा रोविन लि नोर्मान्डले आर्टुरो भिडालको प्रहारलाई ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टी दिएको थियो । त्यही विवादास्पद पेनाल्टीलाई कप्तान मेस्सीले सदुपयोग गरे । इन्ज्युरी समयमा मेस्सीको पासमा जोर्डी अल्वाले गोल गरेपनि उनी भिएआरमा अफसाइड ठहरिए ।

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै