ताजा अपडेट »

गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँछ : प्रचण्ड

मंगलबार, १३ जेठ २०८२, १२ : १९
44 Shares
मंगलबार, १३ जेठ २०८२
44 Shares

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था आएको बताएका छन्। मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणका कारण गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने धारणा राखेका हुन्। 

यो सामान्य विषय छैन। यो विषयलाई गम्भीर रूपमा उठाउँछौँ। विपक्षी दलहरूबीच छलफल चलिरहेको छ। कम्तीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्थाचाहिँ आउँछ’, उनले भने। भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो।

गृहमन्त्रीकै पार्टी कांग्रेसका कतिपय नेताले पनि लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन्। तर सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले उनले राजीनामा दिनु नपर्ने जिकिर गरेको छ। गृहमन्त्री लेखक स्वयंले भने पार्टीलाई अप्ठेरो पर्ने अवस्था भए आफू राजीनामा दिन तयार रहेको बताएका छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।