ताजा अपडेट »

प्रतिनिधिसभा बैठकमा माओवादीमा माग्यो गृहमन्त्रीको राजीनामा

मंगलबार, १३ जेठ २०८२, ११ : ४८
54 Shares
मंगलबार, १३ जेठ २०८२
54 Shares

काठमाडौं । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा नैतिकताका आधारमा मार्गप्रशस्त गर्न उनीहरूले आग्रह गरेका हुन् । 

माओवादीका उपमहासचिव वर्षमान पुनले भिजिट भिसामा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएको समाचार आइरहेको बताए । उनले अनुसन्धानका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरेका हुन् । “राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुस्,” उनले भने । 

उनले राजीनामा नदिए सदनको कारबाही अघि बढ्न नदिने चेतावनीसमेत दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।