ताजा अपडेट »

प्रचण्डको प्रतिबद्धता– एकता प्रक्रियामा आएका साथीहरूप्रति मेरो लगाव छ

सोमबार, १२ जेठ २०८२, १४ : ३६
22 Shares
सोमबार, १२ जेठ २०८२
22 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियामा आएका नेपाल समाजवादी पार्टी ९नेसपा० गङ्गानारायण श्रेष्ठ समूहका नेताहरूलाई उचित जिम्मेवारी दिने बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित एकता सभामा बोल्दै उनले एकता प्रक्रियामा जोडिएका सबैलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका हुन् । 

 श्रेष्ठलाई सचिवको जिम्मेवारी दिए पनि अन्य नेताहरूलाई जिम्मेवारी तोकिएको छैन । पार्टीभित्र सधैँ साथ दिएका नेताहरूलाई भन्दा बाहिरबाट आएकालाई बढी महत्त्व दिएकोमा आलोचना हुने गरेको भन्दै उनले सबैको भावना बुझेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । 

‘गङ्गानारायण नेतृत्वमा एकता प्रक्रियामा आएका सबै नेताहरूलाई जिम्मेवारी दिन वा पार्टीभित्र छलफल गर्नका लागि कुनै कञ्युँस्याई गरिने छैन । मलाई नै आलोचना हुने गरेको छ–बाहिर गएर आएकालाई यसले बढी माया गर्छ ।

सधैँ सँगै बसेकालाई यी त आफ्नै हो भनेर जिम्मेवारी दिनेमा अलि हिचकिचाउँछ’, उनले भने–‘त्यहाँ पनि म सतर्क छु । सधैँ साथ दिनेलाई पछि पार्ने त होइन । तर कता कता एकतामा आउने साथीहरूप्रति अलि नै बढी मेरो लगाव हुने नै गर्छ । त्यसकारण तपाईं निश्चिन्त हुनुहोस्, ठिक ढङ्गले जिम्मेवारी दिइनेछ ।’

 कार्यक्रममा प्रचण्डले एकता प्रक्रियामा आएपछि पार्टीभित्र हुने गरेका कुनै गुटबन्दी र स्वार्थ समूहलाई कमजोर बनाउन एकताले सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।