ताजा अपडेट »

कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल

शनिबार, १० जेठ २०८२, १५ : २६
18 Shares
शनिबार, १० जेठ २०८२
18 Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने बताएका छन् । 

नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म डुबेको बताए । शनिबार नेकपा (एकीकृत समाजवादी) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ द्वारा आयोजित पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका गल्तीलाई सच्याउँदै र अनुभवबाट सिक्दै एक्लै चुनाव लड्ने गरी कार्यकर्तालाई निर्देशन दिए ।  

नेता खनालले एकीकृत समाजवादी  कांग्रेस र माओवादीसँग सत्ताका लागि मिल्न गएका कारण राष्ट्रिय पार्टी हुन नसकेको समेत स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी नहुनुमा काङ्ग्रेस र माओवादीसँग सत्ताको लागि मिल्न गएको गएको र विगतको चुनावमा हाम्रो विचार, सिद्धान्त र लक्ष्यलाई जनतासँग प्रस्ट पार्न नसकेकोले हो ।’उनले पार्टी नेतृत्वले गरेको गलत निर्णयका कारणले पनि एकीकृत समाजवादी  राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।  नेता खनालले नेकपा एमालेलाई दक्षिणपन्थीहरूले नेतृत्व गरिरहेका कारण  त्यो पार्टी अधोगति र पतनको बाटोतिर हिँडिरहेको समेत बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।