ताजा अपडेट »
राजावादि आन्दाेलन

राप्रपा नेता मिश्र, राणा सहित नवराज सुवेदी तथा अधिवक्ता नेपाल गिरफ्तार

शुक्रबार, १५ चैत्र २०८१, २३ : २९
204 Shares
शुक्रबार, १५ चैत्र २०८१
204 Shares

काठमाडाैँ । प्रहरीले शुक्रबार हिंसा भड्काएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा सहित थप चार जनालाई नियन्त्रणमा लिएको छ।  शुक्रबार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

घाइतेहरूलाई बी एन्ड बी अस्पतालमा भेटेर फर्कने क्रममा प्रहरीले पक्राउ उनीहरूलाइ पक्राउ गरेकाे हाे । यस्तै ठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवराज सुवेदी र अधिवक्ता स्वागत नेपाललाई समेत नियन्त्रणमा लिएको छ।  सुवेदी पूर्वराजाको समर्थकहरूको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक हुन् भने नेपाल प्रवक्ता हुन्। 

यस्ते पक्रउ परेका अन्यमा  सेफड लिम्बु र सन्तोष तामाङ नाम गरेका व्यक्ति पनि रहेका छन्। लुटपाट, आगजनी लगायतका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रबारको हिंसात्मक प्रदर्शनमा संलग्नहरूलाई आवश्यक कारबाहीका लाागि प्रहरीले खोजी कार्य तीब्र बनाएको जनाएको छ। आन्दाेलनका कमान्डर दुर्गा प्रसाई भने मोबाइल बन्द गरेर फरार भएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।