ताजा अपडेट »

संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

सोमबार, ०७ माघ २०८१, १६ : ३९
14 Shares
सोमबार, ०७ माघ २०८१
14 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो । 

यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको तयारी रहेको बताइएको छ । संसद् अधिवेशन सम्बन्धमा छलफल गर्न आजै अपराह्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।