ताजा अपडेट »

६१ वर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ

विहीबार, २५ पुस २०८१, २० : ०४
120 Shares
विहीबार, २५ पुस २०८१
120 Shares


कृष्णनगर । कपिलवस्तुमा ३ खुन डाँकासहित पाँच वटा मुद्दाको एउटै फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका १ गुर्चिहवा (साविक गाविस वडा नम्बर ५)  बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई उक्त आरोपमा प्रहरीले पक्राउ गरि कारागार चलान गरेको हो ।

प्रहरीका अनुसार ३ खुन डाँका, १ डाँका तथा चोरी मुद्दा गरी ५ वटा मुद्दा कहारलाई लागेका छन् । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा  गुर्चिहवाबाटैे पक्राउ गरिएको हो ।

विभिन्न मितिमा फैसला भई कैद सजाय र बाँकी ३ लाख ५२ हजार ७  सय ७८ रुपैयाँ जरिवाना असुल उपरको लागि फरार प्रतिवादी कहारलाई जिल्ला अदालतमा पेश गरि बिहिवार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।