ताजा अपडेट »

जमिन मुनिबाट सुन निकाल्दिन्छु भन्दै दुई करोड ठगी गर्ने पक्राउ

सोमबार, ०८ पुस २०८१, १३ : ४७
174 Shares
सोमबार, ०८ पुस २०८१
174 Shares

 नेपालगंज । जिल्ला बाँकेको नेपालगंज उप(महानगरपालिका–१९ मोहनपुर स्थित ईट्टाभट्टा नजिकै एक ठगले सुन निकाल्ने प्रलोभनमा नगद २ करोड ठगी गरेको घटना बाहिर आएको  छ।

उक्त ठगीको शिकार भएको जाहेरी अनुसार, प्रतिवादी सदाबुद्दिन हलवाई, जो भारतको उत्तर प्रदेश, बलरामपुर सिहपुरीका निवासी रहेको बताइएको छ।  ईट्टाभट्टामा जमिनभित्र सुन रहेको बताउँदै पटक(पटक रकम लिएर ठगी गरेको प्रहरीले जनाएको छ। 

ठगीको घटनामा संलग्न रहेको भन्दै पुस ५ गते नेपालगंज बसपार्कबाट पक्राउ गरिएको थियो।  साथै यस कार्यवाहीमा प्रहरीले विभिन्न सामानहरू समेत बरामद गरेको छ, जसमा सुन जस्तो देखिने १०४९ सिक्का, पितलका घैटो, पुरानो चेन, गणेश मूर्ति, पत्तरका खण्डहरू, तथा भारत र नेपालका बैंक चेक समेत रहेका छ्न । 

उक्त आरोपित लाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान र कारवाही प्रक्रिया अगि बडाएको । सूचना अधिकारी एवं प्रवक्ता आयूश प्रसाद जोशीले जानकारी गराएका हुन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।