ताजा अपडेट »

बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा श्रेष्ठ मनोनित

सोमबार, २१ असोज २०८१, १४ : ५९
50 Shares
सोमबार, २१ असोज २०८१
50 Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघमा एक जना कार्यसमिति सदस्य मनोनित गरिएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले बुटवलका ढाका उद्योगी महेशप्रसाद श्रेष्ठलाई रिक्त उद्योग तर्फको कार्यसमिति सदस्य पदमा मनोनित गरिएको हो ।

संघका उद्योग तर्फ मनोनित कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्यको निधनपछि रिक्त रहेको उद्योग सदस्य पदमा श्रेष्ठलाई मनोनित गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तिय क्षेत्रको परामर्शदातामा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र उद्योग क्षेत्र परामर्शदातामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका कार्यालय प्रमुख प्रकाश अधिकारीलाई मनोनित गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी यस वर्ष आगामी पुसको ३ देखि १८ गतेसम्म संघले सञ्चालन गर्ने औद्योगिक व्यापार मेला–२०८१ का सम्वन्धमा समेत छलफल भएको छ । बैठकमा संघको हालै सम्पन्न ७१ औं वार्षिक साधारण सभाको समिक्षा गर्दै पुसमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलालाई उत्कृष्ट बनाउने निर्णय गरिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।