ताजा अपडेट »

वैंकर्स क्लव अफ वालिङको अध्यक्षमा प्रेम किशोर अर्याल सर्वसम्मत

शनिबार, १२ साउन २०८१, १६ : ०१
102 Shares
शनिबार, १२ साउन २०८१
102 Shares

बालिङ । स्याङ्जाको वालिङमा रहेका वैंक तथा वित्तिय संस्थाहरुका कर्मचारीको क्लव वालिङ वैंकर्स क्लवको शुक्रवार आयोजना गरिएको विशेष साधारणसभावाट गरिमा विकास बैंक वालिङका शाखा प्रमुख प्रेमकिशोर अर्याल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।यस अघि पहिलो अधिवेशनवाट नेपाल इन्भेष्टमेन्ट मेगा वैंकका शाखा प्रमुख उज्वल श्रेष्ठ अध्यक्ष चुनिएका थिए । श्रेष्ठको बालिङ बाट सरुवा भएपछि क्लवको काममा निरन्तरता दिन विशेष साधारणसभा मार्फत नयाँ नेतृत्व चयन भएको क्लवका उपाध्यक्ष दीपक काफ्लेले जानकारी गराए  ।

यसैगरी क्लवको उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपक काफ्लेलाई चयन गरिएको छ भने अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ ।सचिवमा राष्ट्रिय बाणिज्य बैंकका लिला गुरुङ्, कोषाध्यक्षमा प्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहेका छन् । वालिङ नगरपालिका भित्रका (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तिय संस्थाका शाखा प्रमुख सदस्यहरु रहने व्यवस्था रहेको बैकर्स क्लवका पुर्व अध्यक्ष उज्जल श्रेष्ठले जानकारी दिए ।

यो क्लवमा बैंकका शाखा प्रमुखहरु मात्रै साधरण सदस्य बन्न पाउने व्यवस्था गरिएको छ । जिल्लाकै मध्यभागमा रहेको वालिङ नगरपालिका बैंकहरुको हवका रुपमा परिचित छ । अहिले सम्म यस नगरपालिकामा (क), (ख) र (ग) वर्गका बैंकका २३ वटा शाखा रहेका छन् ।

क्लवले बैंकको सेवा सुविधा देखी सबै बैंकहरु बिच आपसि समन्वयको भुमिका खेल्नेछ भने सामाजिक उत्तरदायीत्वमा समेत काम गर्दै बैंक तथा वित्तिय सचेतना कार्यक्रम संचालन गर्ने उदेश्य समेत राखिएकोे क्लवका नवनिर्वाचित अध्यक्ष प्रेमनारायण अर्यालले बताए । बैंकहरु बिच आपसी समन्वय नहुँदा सेवाग्राहीमा पर्ने असुविधालाई सुविधामा जोड्ने गरी काम गर्ने पनि उनले बताए ।

साधारणसभामा वालिङ नगरपालिका भित्र रहेका वैक तथा वित्तिय संस्थाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । वैक र सेवाग्राही दुवैको हितमा नयाँ कार्यसमितीले काम गर्ने क्लवले जनाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।