ताजा अपडेट »
धार्मीक भेलामा भागदौड

भारतीय राज्य उत्तर प्रदेशकाे धार्मिक भेलामा भागदौड, १०० बढिले ज्यान गुमाए (फाेटाे)

मंगलबार, १८ असार २०८१, २३ : १८
330 Shares
मंगलबार, १८ असार २०८१
330 Shares

काठमाण्डौं । नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको सङ्ख्या १०० जना भन्दा बढी पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको थियो।

6

मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन अधिकारीहरूको छ। उत्तर प्रदेशका अधिकारीहरूका अनुसार एकजना कथावाचकको प्रवचन सुन्न हजारौँजना भेला भएको ठाउँमा भागदौड भएको थियो। भागदौडको कारण स्पष्ट भइसकेको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।