ताजा अपडेट »

तिनाउ खोलाको ड्याम साइडमा डुबेर एक बालकको मृत्यु

सोमबार, २८ जेठ २०८१, ०८ : ३३
9.66K Shares
सोमबार, २८ जेठ २०८१
9.66K Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याम साइटमा डुबेर आइतबार दिउँसो एक बालकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार भारतदेखि घुम्न आएका बालकको पौडी खेल्ने क्रममा दिउँसो करिब २ बजेको समयमा डुबेर मृत्यु भएको हो ।

भारत उत्तरप्रदेश जिल्ला गोरखपुर थाना सैजन्वा रंगोलीग्रामका १५ वर्षीय आर्यन कुमार डुबेर वेपत्ता भएका थिए । घटना लगत्तै तिनाउको दोभान प्रहरी चौकी र स्थानीयको प्रयासमा उनको खोजी गर्दा मृत अवस्थामा भेटिएका थिए । आफ्नो परिवारसँगै भारतदेखि १५÷१६ जनाको समूहका आएको समयमा बालक पनि पौडी खेल्न खोलामा गएका थिए । घटना बारे थप अनुसन्दा धारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।