ताजा अपडेट »

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

मंगलबार, १५ जेठ २०८१, १४ : १७
54 Shares
मंगलबार, १५ जेठ २०८१
54 Shares

काठमाडौँ । संसदको गतिरोध अन्त्य गर्नका लागि आवस्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री मा. पदम गिरीले सम्माननीय प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गरे । 

त्यस्तै प्रधानमन्त्रीले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन् ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।