ताजा अपडेट »

सिङ्गापुर एयरलाइन्सको विमान हवाई तुफानमा पर्दा दुर्घटना, एकजनाको मृत्यु, ३० घाइते

बुधबार, ०९ जेठ २०८१, ०८ : ४६
334 Shares
फाईल तस्विर
बुधबार, ०९ जेठ २०८१
334 Shares

बैंकक । लन्डनबाट सिंगापुर गइरहेको सिंगापुर एयरलाइन्सको  बोइङ ७७७–३०० ईआर विमानको उडान एक्कासि आकाशमा एयर टर्बुलेन्स (हवाई तुफान)मा फस्दा एकजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

उक्त एयरलाइन्सका अनुसार उडानमा २११ यात्रु र चालक दलका १८ जना सामेल थिए । त्यसमा सबैभन्दा बढी ५६ जना अष्ट्रेलियाका नागरिक रहेका थिए ।  अन्यमा बेलायतका ४७, सिंगापुरका ४१, न्युजिल्यान्डका २३, मलेसियाका १६, फिलिपिन्सका ५, आयरल्यान्डका ४, अमेरिकाका ४, भारतका ३, इन्डोनेसिया, म्यान्मार, स्पेन र क्यानडाका २/२ तथा जर्मनी, इजरायल, आइसल्यान्ड र दक्षिण कोरियाका १/१ जना नागरिक रहेको एयरलाइन्सले जनाएको छ ।

sing

लन्डनबाट सिंगापुर जाँदै गरेको उक्त विमान म्यान्मारको आकाश हुँदै उडिरहेको बेलामा अचानक तुफानमा परेको थियो । उक्त घटनामा निमानमा रहेका ७३ वर्षिय एक बेलायती नागरिकको मृत्यु भएको थियो । विमानलाई त्यसपछि थाइल्यान्डको बैंककमा उतारिएको थियो । बैंककका अधिकारीहरुले ती व्यक्तिको मृत्यु हृदयाघातका  कारण भएको हुनसक्ने जनाएका छन् । 

ती व्यक्ति पत्नीसँगै थिए । पत्नीलाई अहिले बैंकक अस्पतालमा भर्ना गरिएको छ । ३० यात्रुलाई अस्पतालमा भर्ना गरिएकोमा सातजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । एक यात्रीले जनाएअनुसार तुफानको समयमा कसैले पनि सीट बेल्ट लगाएका थिएनन् ।

त्यसैले धेरैजसो  सीधै विमानको छतमा ठोक्किएका थिए । एक यात्रुका अनुसार यात्रु आरामसँग विमानभित्र घुमिरहेका बेलामा  एक्कासी तुफानका कारण उनी स्वयं  छतमा ठोक्किएका थिए भने उनका छोरा निकै पर पछारिएका थिए । आवश्यक व्यवस्थापनका लागि सिंगापुर एयरलाइन्सको टोली मंगलबार राति बैंकक पुगेको थियो । बीबीसी 

 
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।