ताजा अपडेट »

नेजा स्थापना दिवसमा नेजाको अन्तरक्रिया

मंगलबार, ११ बैशाख २०८१, १७ : ११
56 Shares

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा टेक्ससको डलास/ फोर्ट वर्थ क्षेत्र वरपर रहेका पत्रकार/संचारकर्मीहरुले शुभकामना आदान प्रदान तथा अन्तरक्रिया गरी मनाएका छन् ।

संघका क्षेत्रीय संयोजक शंकर थापाको संयोजनमा अप्रिल २१, आईतबार भएको कार्यक्रममा भेला भएका पत्रकार तथा संचारकर्मीहरुले गरिरहेको पत्रकारिता र अवको बाटोको सन्दर्भमा धारणा राखेका थिए । सो अवसरमा नेजाका सल्लाहकार संजय घिमिरेले सामुदायिक पत्रकारिता र समाजको भूमिकाको बारेमा प्रकाश पारेका थिए । 

संघका अध्यक्ष सुरज भण्डारीले सामुदायिक पत्रकारितामार्फत समुदायमा पत्रकारहरुले गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । संघका महासचिव बाबुराम दाहालको संचालन, क्षेत्रीय संयोजक शंकर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा उपाध्यक्ष सुजन पण्डितले नेजा स्थापना दिवसको सन्दर्भमा धारणा राखेका थिए । 

कार्यक्रममा खोज पत्रकार प्रमोद आचार्य, प्रभात दिक्षित,नेजाका संस्थापक तारा रावल, अग्रज पत्रकार टिकाराम न्याती, विमल बराल, भगवान खड्का,किशन रेग्मी, लेखनाथ गौतम, हरी सुवेदी,सन्तोषी अधिकारी,ओम आचार्य, दिपेन्द्र पोखरेल, अर्जुन न्यौपाने,गुण्जन भण्डारी र आशुतोष नेपालको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।