ताजा अपडेट »

नेजाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

आइतबार, ०९ बैशाख २०८१, १० : ४९
54 Shares

टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । टेक्ससको युलेसमा अवस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।

ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य र कार्टर ब्लड केयर सेन्टरको प्राविधिक व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा सहभागी तथा सहयोगी संघ-संस्थालाई नेजाको तर्फ संघका अध्यक्ष सुरज भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, ब्लड डोनर्स अफ अमेरिका टेक्सासका अध्यक्ष अजय बगालेले नेजालाई शुभकामना व्यक्त गरेका थिए । 

यस्तै, नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले स्थापना दिवसको अवसर पारेर अप्रिल २१, २०२४ आइतबार अनलाइन (जुम) माध्यममार्फत शुभकामना तथा अन्तरक्रिया तथा अप्रिल २२, २०२४ मा सोमबार टेक्सासको अर्भिङमा रहेको जेफरसन पार्कमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।