ताजा अपडेट »

प्यूठानमा जँगलको डढेलो गाउँमा सल्किँदा घर गोठसहित लाखौंको क्षति

शनिबार, ०८ बैशाख २०८१, ०७ : १०
394 Shares

बुटवल । प्यूठानमा शुक्रबार साँझ जँगलमा लागेको डढेलो गाउँमा पसेपछि लाखौको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार झिमरुक गाउँपालिका–३ सिख्रेटाकुरा समुदायिक वनमा लागेको आयो हावाहुरीका कारण एक्कासी गाउँ पसेको थियो ।

आगलागीबाट स्थानीय भेडावारी बस्ने मोहन बहादुर के.सी.को बाख्रा गोठ तथा कुखुराको फर्ममा आगलागी हुँदा ४ वटा बोका जलेर मरेका छन् भने २ वटा बाख्रा र एउटा पाडा घाइते हुँदा करिब ३ लाख ३५ हजार बराबरको आर्थिक क्षति भएको छ । यसैगरी धनमुडा बस्ने भिम पौडेलको फुसले छाएको कच्ची घर र गोठ जलेर नष्ट हुँदा ४ लाख २४ हजार बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ । सोही ठाउँका गिरु बहादुर पौडेलको टिनले छाएको कच्ची घरमा आंशिक क्षेती भएको छ भने फुसले छाएको गोठ पूर्ण रुपमा जलेको छ । उक्त घटनामा २ लाख ४० हजार आर्थिक क्षति भएको दाबी गरिएको छ ।

यसैगरी धनमुडा बस्ने स्याम लाल पौडेलको कच्ची घर र गोठ जलेर नष्ट भएको छ भने एउटा परेको छ । पौडेलले ४ लाख ५० हजार बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गरेका छन् । यसैगरी सोही वडाको बेवरे बस्ने नरेन्द्र प्रसाद पोख्रेल र बाबुराम पोख्रेलको गोठ जलेर नष्ट हुँदा दुबैजनाको गरी २ लाख आर्थिक अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।