ताजा अपडेट »

गुल्मीमा डढेलो निभाउने क्रममा एक पुरुषको मृत्यु, १ घाइते

सोमबार, ०३ बैशाख २०८१, १७ : ५३
580 Shares

गुल्मी । गुल्मीमा अग्नि नियन्त्रणका क्रममा घाईते भएका एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान साढे ११  बजेतिर जिल्लाको मुसिकोट नगरपालिका-१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको आगो निभाउने क्रममा दुई जना घाईते भएका थिए ।

घाइते मध्ये ५८ वर्षीय महले घर्तिलाई  गुल्मी अस्पतालमा उपचारक्रममा दिउँसो करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पौदि स्थित सर्बोदय माविको जग्गाको  सल्लाघारिमा डढेलो निभाउने क्रममा आगाको मुस्लोबाट बच्ने क्रममा घर्तीसहित ५२ वर्षीय  रेशम थापा करिव १५० मिटर तल खसेर  गम्भीर घाईते भएका थिए । थापाको गुल्मी  अस्पतालमा उपचार भईरहेको र अवस्था  सामन्य रहेको बताईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।