ताजा अपडेट »

कतार विरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

शनिबार, ०१ बैशाख २०८१, १६ : ०१
58 Shares

बुटवल । ओमनमा हिजोदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले कतार विरुद्ध टस जितेको छ । अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् ।

नेपालको प्लेइङ-११ : आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्च : प्रतिश जिसी, अनिल शाह, करन केसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।