ताजा अपडेट »

विविध रचनात्मक क्रियाकलापसहित पौवाले मनायो ८ औं स्थापना दिवस

आइतबार, २५ चैत्र २०८०, १२ : ३९
166 Shares

बुटवल । ‘नेपालका लागि नेपाली आतिथ्यता’–भन्ने मूल नारासहित स्थापना भएको होटल पौवाले आइतबार आफ्नो आठौं स्थापना दिवस विविध रचनात्मक कार्यक्रमसहित मनाएको छ । पौवाका १२ वटै शाखामा रचनात्मक क्रियाकलपाहरुको आयोजना गरी स्थापना दिवस मनाइएको होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए ।

यसैबीच बुटवल योगीकुटीमा अवस्थित पौवा होटलको शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा होटलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरुको सहभागीतामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिए । रक्त सञ्चार सेवा केन्द बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको खरेलले बताए । स्थापना दिवसको अवसरमा भैरहवा शाखाले पनि वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० जना बढीले रक्तदान गरेका छन् ।

रचनात्मक क्रियाकलाप अन्तरगत पाल्पा शाखाले स्थानीय सिर्जनशिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेनमा, घोराही दाङ शाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा, पोखरा शाखाले साहारा एकेडेमी बाल अनाथा आश्रममा, काठमाडौ शाखाले गुरुकुल आश्रम शंखमुलमा खाना खुवाउने तथा फलफुल वितरण गरी स्थापना दिवस मनाएको पौवा होटल प्रालिका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड विष्णु भण्डारीले जानकारी दिए । जुम्लामा पनि पौवाले चन्दननाथ नगरपालिकामा रहेका वृद्ध÷वृद्धाहरुसँग स्थापना दिवस मनाएको छ ।

hotel pauwa

दाङको भालुवाङ शाखाले मधुमेह, उत्त रक्तचाप र मृगौला सम्बन्धि रक्त परीक्षण तथा परामर्श शिविर सञ्चालन गरेको छ भने लमही शाखाले नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । गुल्मीको रेसुङ्गा, धनगढी शाखा, गोरुसिङ्गे शाखाले सरसफाई कार्यक्रम सम्पन्न गरेको भण्डारीले जानकारी दिए ।  

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा संचालनमा रहेको प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए । शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको गौतमले जानकारी दिए । साथै केही दिन अगाडि नेपालगन्जमा ५ तारे होटल सन्चालनको लागि शिलान्यास समेत गरिसकेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।