ताजा अपडेट »

ब्याटरको कमजोर प्रदर्शनले नेपाल आयरल्याण्डसँग २१ रनले पराजित

बुधबार, २१ चैत्र २०८०, १५ : ०८
142 Shares

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट हुँदै १३६ रन बनाएको थियो । नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए ।

नेपालका आशा गरिएका ओपनर ब्याटर अर्जुन कुमाल ९ रन जोड्दा भीम सार्की गोल्डेन डक आउट भए । आरिफ शेख शून्य, अर्जुन साउद ४ र क्याप्टेन विनोद भण्डारी ९ रनमा आउट भए । कमल सिंह ऐरी ६ रन जोड्दै आउट हुँदा नेपाल ७८/७ को स्थितिमा पुगेको थियो । त्यसपछि आएका बलहरुले नै इनिङ सम्हालेर सम्मानपूर्ण अंक जोड्न सफल भए पनि जितका लागि प्रयाप्त भएन ।

यस अघि आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको थियो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो । आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २(२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए । यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।
   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।