ताजा अपडेट »

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई तेस्रोपटक संसद्को विश्वासको मत प्राप्त

सोमबार, १९ चैत्र २०८०, २३ : ३२
16 Shares

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् ।  जम्मा १०८ जना सांसद उपिस्थत रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले जम्मा ५६ मत पाए । उनको विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका छन । बागमती प्रदेश सभामा जम्मा ११० सांसद छन । सोमबार दिउँसो डाकिएको प्रदेशसभाको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्म्रकट्टेललाई विश्वासको मत दिए। मुख्यमन्त्री जम्कट्टेले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेको २७, मओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको १ गरी ५६ मत प्राप्त गरेका हुन ।

विपक्षमा नेपाली कांग्रेसको ३७ मत परेको हो भने राप्रपाका १२ र नेमकिपाका ३ गरी  जम्मा १५ सांसद तटस्थ बसे । विश्वासको मत दिने कार्यक्रममा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीका एक सांसद  भने उपस्थित भएनन् । मुख्यमन्त्री कट्टेलले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्नेबारे राखेको प्रस्तावमाथि सबै दलले धारणा राखेपछि सभामुख भुवन पाठकले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावको पक्षमा बहुमत आएको हो । यसअघि उनले पहिलो पटक ३ माघ २०७९ मा १०५ सांसदले समर्थन गरेर विश्वासको मत पाएका थिए । सात राजनीतिक दल रहेको बागमतीमा उतीबेला प्रमुख प्रतिपक्ष दल कांग्रेस सहित ६ दलले विश्वासको मत दिएका थिए ।

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा बनेको माओवादी, एमाले, राप्रपा लगाएत दलहरु मिलेर बनेको गठबन्धन सरकार दुई महिना पनि टिकेन । केन्द्रमा एमाले सरकारबाट बाहिरिएर कांग्रेस, नेकपा एस लगाएत दलले सरकारमा इन्ट्री पाए । त्यसपछि पुनः दोस्रो पटक १० चैत २०७९ मा ६७ सांसदको समर्थनमा विश्वासको मत पाएका थिए ।

तेस्रो पटक भने मुख्यमन्त्रीलाई विश्वासको मत जुटाउन निकै सकस बेहोर्नुपर्ये । सत्तागठबन्धन दलहरुको स्पष्ट बहुमत नहुँदा बागमती प्रदेशमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टीको सहयोगमा सरकार जोगाउन सफल भए । सत्ता जोगाउन जम्कट्टेलले हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई यसअघि नै सरकारमा सहभागी गराइसकेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।