ताजा अपडेट »

सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए

बुधबार, १४ चैत्र २०८०, १७ : ०१
36 Shares

काठमाडौं । भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् । दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरुले विवाह  गरेको तर औपचारिक जानकारी अहिलेसम्म नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सिद्धार्थ र अदिति राव हैदरीले तेलंगानाको श्रीरंगापुरम जिल्लाको रंगनायक स्वामी मन्दिरमा गोप्य रूपमा विवाह गरेका हुन् । दुवै पछिल्लो केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको थियो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

अदितीको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो । अदिति हैदराबादकी निजाम थिइन्। साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।
अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरिन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागेकी थिइन्  । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।