ताजा अपडेट »

देवदहको त्रिसुली खाेला डुबेर बुटवलको नविन माविका एक विद्यार्थीकाे मृत्यु

विहीबार, १० फागुन २०८०, १८ : ०५
458 Shares
साङ्केतिक तस्वीर
विहीबार, १० फागुन २०८०
458 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खाेलामा डुवेर एक किशाेरकाे ज्यान गएकाे छ।

साथीहरू संग घुम्न गएका पाल्पाका सिलव रायमाझीकाे डुवेर मृत्यु भएको प्रहरी जनाएको छ।रुपन्देहीको तिलाेत्तमा नगरपालिका जानकीनगरमा बसेर बुटवलको नविन ओैधाेगिक कदरबहादुर रिता रायमाझी विद्यालयमा अध्यायन गर्दै आएका सिलव सहित ६ जना साथीहरू मिलेर चरंगे गएका थिए।

साथीहरू संग पाैडि खेलेर फर्किने क्रममा सरिरमा हिलाे लागेको देखेपछि सिलव हिलाे पखाल्न भन्दै पुनः खाेलामा गएकाे संगै गएका बिप्लव पुरीले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।