ताजा अपडेट »

इन्टेलक्च्युअलको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मंगलबार, ०८ फागुन २०८०, १४ : ५१
124 Shares

बुटवल । बुटवल–११ कालिकानगरमा अवस्थित एन्टेलक्च्युअल एमेडेमीको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मँगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विभिन्न विज्ञान प्रदर्शनीसँगै शिक्षामूलक नाटक, दोहोरी गीत, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले बुटवलाई समृद्ध बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । यस क्षेत्रको शैक्षिक बिकासमा निजी क्षेत्रले खेलेको भूमिकाप्रति प्रशंसा व्यक्त गर्दै खनालले व्यवहारिक, प्राविधिक र सीपमूलक शिक्षाको बिकासमा जोड दिए । यसैगरी निजी विद्यालयहरुको छाता संस्था प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, प्याब्सन केन्द्रीय सदस्य टिकाराम न्यौपाने, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली लगायतले बोल्दै बुटवलको बिकासमा कुनै एक उत्कृष्ट विकल्प छ भने त्यो शैक्षिक क्षेत्रको बिकास भएको उल्लेख गरे । शैक्षिक क्षेत्रमा देखिएको पलायनलाई रोक्न व्यवहारिक, सीपमूलक तथा प्रविधिमैत्री शिक्षा नीतिक आवश्यक रहेकोमा उनीहरुले जोड दिए ।

वार्षिकोत्सवको अवसरमा इन्टेलक्च्युअलबाट विद्यालयतहको अध्ययन पूरा गरी कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुन सफल छात्रा एन्जिला पोख्रेललाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म जुनीयर र सिनीयरतर्फ कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । जुनीयरतर्फ विद्यालय प्रथम इच्छा जिसी र हेलिस अधिकारी, द्वितीय बन्न सफल समिट सुनार र तृतीय भएका श्रेया खनाललाई विद्यालयका अध्यक्ष गोबिन्द मरासिनी तथा प्रवबन्ध निर्देशक रामराज पोख्रेलले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । यसैगरी सिनीयरतर्फ विद्यालय प्रथम हुन सफल कक्षा ६ की आशिका पोखरेल, द्वितीय हुन सफल कक्षा ७ का दिवस खनाल तथा तृतीय भएका कक्षा ६ मा अध्ययनरत सिम्रन बस्याललाई पनि पुरस्कार तथा सम्मान गरिएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।