ताजा अपडेट »

तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुत हुने

शनिबार, ०५ फागुन २०८०, २० : १८
178 Shares

बुटवल ।  तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुत हुने भएको छ ।

 नृत्य निर्देशक संघ नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखाको व्यवस्थापन तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा 'तेस्रो राष्ट्रिय नृत्य दिवस २०८०'   हुन लागेको छ ।

नृत्य निर्देशक संघ नेपालको आयोजनामा विगत ३ वर्षदेखि हरेक वर्ष फागुन ६ गते राष्ट्रिय नृत्य दिवस मनाउँदै आएको छ। सो कार्यक्रममा लुम्बिनी प्रदेशबाट तेस्रो राष्ट्रिय नृत्य दिवस २०८०मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुती रहने भएको हो ।

कार्यक्रममा देशका ७ वटै प्रदेशबाट झाँकी सहित ७७ वटै जिल्लाबाट विभिन्न कला, संस्कृति समावेश नृत्यहरु समावेश हुने छ्न। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा रहने छ ।

गत वर्ष  नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवलको बिबिसि हालमा देश भरिका नृत्य कालाकारहरु बिच  सम्पन भएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।