ताजा अपडेट »

टेस्ट क्रिकेटमा आर आश्विनको ५०० विकेट पुरा

शुक्रबार, ०४ फागुन २०८०, १६ : ४०
38 Shares

काठमाडौं । भारतका बलर आर आश्विनले टेस्ट क्रिकेटमा ५०० विकेट पुरा गरेका छन् । जारी इङल्याण्डविरुद्धको तेस्रो टेस्टमा एक विकेट लिएसँगै आश्विनले आफ्नो टेस्ट क्यारियरमा ५०० विकेट पुरा गरेका हुन् ।

आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने भारतका दोस्रो बलर हुन् । यसअघि अनिल कुम्बलेले आफ्नो टेस्ट क्यारियरमा ६१९ विकेट लिएका थिए ।

त्यस्तै आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने विश्वका नवौं खेलाडी बनेका छन् । आश्विनले ९८ टेस्टमा आफ्नो ५०० विकेट पुरा गरेका छन् । 

यसअघि अस्ट्रेलियाका नाथन लियोन (५१७),  वेस्ट इन्डिजका कर्टनी वाल्श (५१९), अस्ट्रेलियाका ग्लेन म्याकग्राथ (५६३), इङल्याण्डका स्टुअर्ट ब्रोड (६०४), भारतका अनिल कुम्बले (६१९), इङल्याण्डका जेम्स एण्डरसन (६९६), अस्ट्रेलियाका शेन वार्न (७०८) र श्रीलंकाका मुथैया मुरलीधरण (८००) ले टेस्ट क्रिकेटमा ५०० भन्दा बढी विकेट लिएका छन् ।       

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।