ताजा अपडेट »

किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा उच्च सुरक्षा सतर्कता

शुक्रबार, ०४ फागुन २०८०, ११ : १०
96 Shares

काठमाडौं । भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

आफ्नो काम छाडेर सडकमा उत्रिएका किसानहरुले कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनका क्रममा किसानविरुद्ध चलाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका छन् । उनीहरुको आन्दोलनलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टीले पनि समर्थन गरेका छन् । किसानहरुले यही १३ फेब्रुअरीदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।