ताजा अपडेट »

पूर्व विद्यार्थी मञ्चले दियो मैन डाडा माबिलाई साउन्डसिस्टम

आइतबार, २८ माघ २०८०, ११ : ४८
66 Shares

गुल्मी । पूर्व विद्यार्थी मञ्चले आफुले अध्ययन गरेको मैन डाँडा माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर ३ मा रहेको विद्यालयलाई एक कार्यक्रमको आयोजना गरेर सामाग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दा साउण्ड सिस्टम आवश्यक पर्ने भएकोले प्रदान गरिएको पूर्व विद्यार्थी मञ्च सचिव जनक पन्थले बताए ।
कार्यक्रममा सो वडाका वडाअध्यक्ष तेजकान्त अर्याल, पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष लेखनाथ कंडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद शर्मा र प्रधानाध्यापक अमृता थापालाई साउण्ड सिस्टम प्रदान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद शर्माले विद्यालयको आवश्यकता महसुस गरेर सामाग्री प्रदान गरेकोमा पूर्व विद्यार्थी मञ्चलाई धन्यवाद दिए ।

यश विद्यालयमा अध्ययन गरेर पूर्व विद्यार्थी भइसकेपछि पनि देखाउनु भएको सद्भाव अतुलनीय रहेको उनले बताए । कार्यक्रम वडाअध्यक्ष अर्यालले पूर्व विद्यार्थी मञ्चले गर्दै आएको रचनात्मक कार्यको प्रसंशा गरे । उनले समाज यस्ता सत्कर्म सबैले सिक्न गर्न जरुरी रहेको उल्लेख गरे । पूर्व विद्यार्थी मञ्चले गतवर्ष विद्यालयमा निःशुुल्क स्वास्थ्य शिविर राखेको सचिव पन्थको भनाइ छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, लगायत पूर्व विद्यार्थी मञ्चका सदस्य तथा समाजसेवी व्यात्तित्वहरुको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।