ताजा अपडेट »

माल्टाका गृहमन्त्री क्यामिलेरीसँग एनआरएनए युरोप युवा संयोजक भण्डारी नेतृत्वको प्रतिनिधिद्वारा भेटवार्ता

मंगलबार, ०९ माघ २०८०, १६ : ५५
100 Shares

माल्टा । गैरआवासीय नेपाली संघ एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरी सँग भेटघाट तथा छलफल गरेको छ ।भण्डारीसहित एनआरएनए माल्टाका महासचिव सन्देश केसी, लेखा समिति संयोजक राजेन्द्र भण्डारीसहितको  डेलिगेसन टिमले माल्टा सरकारका गृहमन्त्रीसँग  नेपालीहरुको समस्या र समाधानको खोजीको विषयमा छलफल गरेको हो । नेपाली डायस्पोराले पहिलोपटक माल्टामा उच्च ओहोदाको व्यक्तित्वसँग भेटघाट गरेको हो ।

उक्त प्रतिनिधिमन्डलले भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आइपर्ने समस्या र समाधानको विषयमा समेत छलफल गरेका थिए । भेटघाटमा माल्टा सरकारले ल्याएको नयाँ नियम, नेपालीहरुको विभिन्न समयमा आईपर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दिने टाईमको दायरा खुल्ला बनाउने,इमिग्रेसन, आइडेन्टिटा, लाईसेन्सको डेट र लिखीतमा नेपाली टान्सलेट  सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसनका बारेमा गृहमन्त्रीसँग कुराहरु राखेको एनआरएनए युरोप युवा संयोजक भण्डारीले बताए  ।

भेटघाटमा  गृहमन्त्री बायरन क्यामिलेरीले नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्बोधन गर्ने आश्वासन दिएका छन् । भेटमा नेपाली राजदूताबासबारे उनको जिज्ञासा र माल्टामा रहेका नेपालीहरुको आवश्यक्ताबारे चासो ब्यक्त गर्नुका साथै छिट्टै नै माल्टाका आधिकारिक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न गृहमन्त्री बायरन क्यामिलेरीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।