ताजा अपडेट »

सुनचाँदीको भाउ स्थिर

सोमबार, ०८ माघ २०८०, १२ : ४१
48 Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ । यसअघि आइतबार पनि सुनको भाउ सोहीमूल्यमा कारोबार भएको थियो।

 सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको छ । आइतबार पनि सुन–चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।