ताजा अपडेट »

मगर संघ युएई शाखाद्वारा माघे संक्रान्तिमा विविध साँस्कृतिक कार्यक्रम

बुधबार, ०३ माघ २०८०, ०८ : ०८
174 Shares

युएई । नेपाल मगर संघ युएई शाखाले विविध कार्यक्रमसहित माघे संक्रान्ति मनाएको छ । संघले विविध साँस्कृतिक कार्यक्रमसहित नेपाली समुदाय बीच माघे सक्रान्ति मनाएको छ ।

राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुतीसहित युएईमा रहेका नेपालीहरुले समेत कार्यक्रममा प्रस्तुती दिएका थिए । गायक तथा संगीतकार नेपाल मगर संघ साँस्कृतिक केन्द्रका महासचिव डोलराज बारघरे मगर नृत्यङ्गना एलिजिवा पुर्जा पुन मगर, लोक दोहोरी गायिका तारा लामिछाने मगर लगायतका कलाकारहरुले आफ्नो प्रस्तुतीबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा थाली नाचसहित स्थानीय कलाकारहरुबाट मगर पन्चेबाजा, लाङ्गघाली संगीत संसार युएईको सालैजो साथै मगर संघ युएई शाखाको केन्द्रीय तथा क्षेत्रीय कलाकारहरको संयुक्त टोलीले  कौडा प्रस्तुत गरेका थिए ।

magar-uae

सो अवसरमा आदिवासी जनजाती महासघ युएईका अध्यक्ष बिक्रम लिम्बुले शुभकामना व्यक्त गर्दै माघेसंक्रान्तिको मगर समुदायमा मात्र नभई नेपाली समुदायमै छुट्टै महत्व रहेको उल्लेख गरे । मगर संघ युएई शाखा अध्यक्ष नयन घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर संघ शाखा युएईका प्रमुख संरक्षक टंक थापा मगर, उप संरक्षक डोल राना मगर, निवर्तमान प्रमुख सल्लाहकार शिला राना मगर, नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल, ग्लोबल एनआरएनएएन सिसि युएईका अध्यक्ष पासाङ शेर्पा साथै समाज सेबि पदम राना मगर, तिल बहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।